काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा शिवम सिमेन्ट लिमिटेडले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा २६.५२ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ८६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको उत्पादन बिक्रीबाट हुने आय ३.८३ प्रतिशतले बढेर ७ अर्ब ३५ करोड रुपैयाँ भएको छ। गत वर्ष यस्तो आय ७ अर्ब ८ करोड रुपैयाा रहेको थियो।
यो अवधिमा अन्य आम्दानी पनि २४५.३२ प्रतिशतले बढेको छ। गत वर्ष १ करोड १२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर ३ करोड ८९ लाख रुपैयाँ भएको छ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ९.१० प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिटेन्ड अर्निङ ३ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३३.०३ रुपैयाँ रहेको छ। पीई रेसियो ४३.८१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.३८ रुपैयाँ रहेको छ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago