काठमाण्डौ । शिवम सिमेन्ट्स लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको गत असोज २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको होटेल सोल्टीमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको २९ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। कम्पनीले चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशतले हुन आउने १ अर्ब २७ करोड ६० लाख रुपैयाँबराबरको नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ।
वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले आउँदो कात्तिक ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको कात्तिक गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछ।
6 minutes ago
16 minutes ago
24 minutes ago
36 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago