काठमाण्डौ । शिवम् सिमेन्टद्वारा संचालित “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजनाअन्तर्गतको हेलिकप्टरबाट काठमाण्डौं–गोसाईकुण्ड–काठमाण्डौं देव दर्शन यात्राको पहिलो चरण अन्तर्गत ६० भाग्यशाली कुपन विजेतामार्फत १२० जना विजेताहरुको नामलक्की–ड्रमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । 

शिवम् सिमेन्टले यही पुस ५गतेदेखि  यो उपभोक्ता योजना सार्वजनिक गरेको थियो, जसअन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५०ग्राम देखि १० ग्राम सम्मको सुन समावेश गरिएको थियो । सोही कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखी काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राका लागि लक्की–ड्रमा भाग लिन सकिने व्यवस्था मिलाइएको थियो ।

यस योजनामा छोटो समयमै ग्राहकको सहभागिता उल्लेख्य रहेको कम्पनीले जनाएको छ ।

देशभरबाट संकलित सो अर्धकट्टीहरुमध्येबाट प्रथम चरणको लक्की–ड्रपत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली बिजेताहरुको नाम सार्वजनिक गरिएको थियोे । जसमध्ये प्रत्येक कुपनवापत २ जना विजेता गरी १२० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् ।

यस योजनाअन्र्तगत निश्चित पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका साथै लक्की ड्रमा प्रत्येक भाग्यशाली विजेता कुपनमार्फत २ जना गरी ३६२ जनाका लागि हेलिकप्टरबाट गोसाइकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रोमाइजकोे नारासहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्ता क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौंडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।

भाग्यशालीको नाम यसप्रकार छः