काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा शिवश्री हाइड्रोपावर लिमिटेड सूचीकृत भई दोस्रो बजारमा नियमित कारोबार सुरु भएको छ ।

गत वर्षको पुष २७ गते शिवश्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेकोमा हिजो नेप्सेमा उक्त कम्पनी सूचीकरण भई आजबाट सेयर कारोबार खुलेको हो ।

हिजो बुधबार नेप्सेमा सूचीकृत भएको शिवश्री हाइड्रोपावर लिमिटेडलाई नेप्सेले एसएसएचएल संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति प्रतिकित्ता रु.१०० देखि ३०० रेन्ज तोकिएको थियो । आज स्पेशल प्रिओपन सेसनमा शिवश्री हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता रु.१२० मा पहिलो कारोबार भई अहिले नियमित समय(११ बजेदेखि ३ ) मा सेयर खरिदबिक्री भइरहेको छ ।

शिवश्री हाइड्रोपावर लिमिटेडको आजैबाट दोस्रो बजारमा सेयर कारोबार भएकोमा उक्त कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेर पोजिटिभ सर्किट लागेको छ । पोजिटिभ सर्किट लागे तापनि उक्त कम्पनीको सेयर कारोबार भने १० प्रतिशतभन्दा तलको मूल्यमा किनबेच हुन्छ ।