काठमाण्डौ । शिवश्री हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा १३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले १८ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा ९ करोड ५६ लाख रुपैयाँमा सीमित थियो।
दोस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २२ लाख ६८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट १३ करोड १३ लाख रुपैयाँ आम्दानी भएको थियो।
चुक्तापुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ४८ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ १६ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.६९ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि ईपीएस २४.४३ रुपैयाँले ऋयात्मक थियो।
पीई रेसियो १२.९४ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ६७ रुपैयाँ रहेको छ।
25 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago