काठमाण्डौ । अमेरिकी सर्ट सेलिङ कम्पनी हिन्डनबर्गको नेगेटिभ रिपोर्ट आएपछि अडानी समूहको कठिनाइ बढ्यो। अडानी समूहको सेयरको मूल्य निरन्तर ओरालो लाग्यो। अडानीको कम्पनीको सेयरमूल्य घटेपछि बजार पुँजीकरण पनि आधामा झरेको थियो। गौतम अडानीको कुल सम्पत्ति पनि ५८ अर्ब डलरमा झरेको छ। 

गत २४ जनवरीमा आएको आँधी अहिले शान्त हुन थालेको देखिन्छ। फेब्रुअरी ७ र ८ तारिखमा अडानी समूहको सेयरमा रिकभरी देखिएको छ। अडानी इन्टरप्राइजेजको सेयर यो २ दिनमा दोब्बरले बढेको छ। 

आज अडानी इन्टरप्राइजेजको सेयरमूल्य बजार खुल्नेबित्तिकै १९८७ रुपैयाँ नाघेको थियो। सेयरभाउ बढेसँगै गौतम अडानीको व्यक्तिगत सम्पत्ति पनि बढ्दै गएको छ। यो २ दिनमा अडानीको कुल सम्पत्ति ५८ अर्ब डलरबाट बढेर ६३.७ बिलियन डलर पुगेको छ।

फोर्ब्सको रियल टाइम अर्बपतिहरुको सूचीमा गौतम अडानीको सम्पत्ति हरेक पल बढिरहेको देखिन्छ। गौतम अडानीको कुल सम्पत्ति ६३.७ अर्ब डलर पुगेको छ। गौतम अडानीको सम्पत्ति ३ घन्टामा ७.३१ प्रतिशतले बढेको छ। गौतम अडानीको कुल सम्पत्ति ८ फेब्रुअरी १२.३० बजेसम्म ४.३ अर्ब डलरले बढेको छ। 

व्यक्तिगत सम्पत्तिमा वृद्धिसँगै गौतम अडानी फोर्ब्सको रियल टाइम अर्बपतिहरुको सूचीमा टप २० मा कमब्याक गरेका छन्। उनी अहिले १७ औँ स्थानमा पुगेका छन्। फेसबुकका मार्क जुकरबर्ग उनीभन्दा अगाडि १६ नम्बरमा छन्।

गौतम अडानी समूहका कम्पनीहरुको सेयरमा भारी उछाल आएको छ। अडानी इन्टरप्राइजेजको सेयर १३ प्रतिशतले बढेर २०३६ रुपैयाँको स्तरमा पुगेको छ। 

अर्कोतर्फ अडानी ट्रान्समिसनको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेर १३१४ रुपैयाँभन्दा माथि पुगेको छ। योसँगै अडानी पोर्टको सेयर ७.६ प्रतिशतले बढेको छ। अडानी ग्रीन इनर्जी र टोटल ग्यासको सेयरबाहेक अडानी ग्रुपका सबै सेयर आज बढेर कारोबार भइरहेको छ। –एजेन्सी