काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले आगामी जेठ १ गतेदेखि शुक्रबार समेत सेयर कारोबार संचालन हुने निर्णय गरेको छ ।

नेप्सेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो । 

नेप्से सञ्चालक समितिले सरकारले जेठ १ गतेदेखि नै साताको दुई दिन शनिवार र आइतबार विदा दिने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार सेयर बजारमा कारोबारका दिनमा पनि फेरबदल भएको जानकारी दिएको छ । 

नेप्सेले सञ्चालक समितिबाट शुक्रबार समेत बजार खुल्ने निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार गर्न गराउन ब्रोकर, लगानीकर्ता र सरोकारवालालाई आग्रह समेत गरेको छ ।