काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा कांग्रेसका उम्मेद्वार पराजित भएका छन् । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ वडामा नेपाली कांग्रेसका उम्मेद्वार पराजित भएका हुन् । 

त्यहाँ करुवा चुनाव चिन्ह लिएर निर्वाचन लडेका कांग्रेस वीपीका उम्मेद्वारले जित हासिल गरेका छन् । 

कांग्रेस वीपीको तर्फबाट वडाध्यक्षको उम्मेद्वार नरेश भण्डारी ६७३ मत ल्याउँदै विजयी भएका हुन् । 

नेपाली कांग्रेसका उम्मेद्वार चन्द्र देउवाले चाहि ५४४ मत मात्र ल्याए ।