काठमाण्डौ । आर्थिक संकट र इन्धनको चरम अभाव भोगिरहेको श्रीलंकाका पेट्रोल पम्पहरु अप्रिल महिनाको अन्त्यसम्म रित्तिने भएको छ।
भारतले तेल खरिदका लागि दिएको ५०० मिलियन डलर सकिन थालेकाले यो महिनाको अन्तिमसम्म श्रीलंकाका सबै पेट्रोल पम्पहरु रित्तिने पेस ट्रस्ट अफ इन्डियाले जनाएको हो। अधिकारीहरुका अनुसार श्रीलंकामा इन्धन ढुवानी अप्रिल १ बाट सुरु हुने भनिए पनि परिस्थितिको अत्यावश्यकताका कारण मार्चको अन्त्यमै आउन थालेको थियो।
तीन थप भारतीय ढुवानी अप्रिल १५, १६ र १८ मा हुनेछ र श्रीलंका सरकारले भारतबाट थप विस्तारका लागि आग्रह नगरेसम्म इन्धन ढुवानीको सुविधा पूर्ण रुपमा समाप्त हुने अधिकारीहरुले बताएका छन्।
श्रीलंकामा सार्वजनिक यातायात र थर्मल पावर प्लान्ट सञ्चालनका लागि डिजेलको प्रयोग अधिक हुने गर्छ।
यस्तै यो वर्ष श्रीलंकाको निर्यातमा २० देखि ३० प्रतिशतको कमी आउने जनाइएको छ। चिया, गारमेन्ट र अन्य उद्योगको अगुवाहरुले उच्च भन्सार शुल्क, विद्युत अभाव र चरम आर्थिक संकटका कारण श्रीलंकाको निर्यात २०–३० प्रतिशतले घट्ने अनुमान गरेका हुन्।
श्रीलंकाको केन्द्रीय बैंकका नवनियुक्त गर्भनर नन्दलाल विरासिंगाले आज मौद्रिक नीति सम्बन्धी बैठक आयोजना गर्दैछन्। यसअघिका गभर्नर अजित निवार्डलाई भने पदको दुरुपयोग गरी गैरकानुनी कार्य गरेको भन्दै श्रीलंकाको उदालतले देश छोडेर नजान आदेश दिएको छ। –एजेन्सी
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago