काठमाण्डौ । कुनै देशका पेट्रोल पम्पमा सेना तैनाथ गर्नुपर्यो र कागज अभावका कारण परीक्षा रद्द गर्नुपर्यो भने त्यहाँको अवस्था कति असहज बनेको छ ? सहजै बुझ्न सकिन्छ। श्रीलंकामा अहिले यस्तै अवस्था छ। 

चरम आर्थिक संकटले श्रीलंकामा राजनीतिक अस्थिरता निम्त्याएको छ। जनतामा आक्रोश छ। केन्द्रीय मन्त्रिपरिषद्को सामूहिक राजीनामाले पनि जनताको आक्रोश रोकिएको छैन। राष्ट्रपति गोटाभाया राजापक्षेलाई पनि जनभावनाको अवगत छ।

त्यही भएर राष्ट्रपति राजापक्षले सरकार विघटन गरी राष्ट्रिय सरकार गठन गरेर प्रतिपक्षी दललाई भेट्ने प्रयास गरे। तर, प्रतिपक्ष सरकारलाई सहयोग गर्न तयार भएन। 

स्थिति नियन्त्रणबाहिर गएको देखेर आपतकाल लगाइएको थियो। अहिले हटाइएको छ। खस्कँदै गएको अर्थतन्त्रको स्वास्थ्य सुधार गर्न नयाँ अर्थमन्त्री नियुक्त गरिएको थियो। तर, नवनियुक्त अर्थमन्त्रीले २४ घन्टा नबित्दै राजीनामा दिए। 

श्रीलंकाको हालको अवस्थाबाट जोकोही हैरान हुन सक्छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो टापु देशमा अपेक्षाकृत राजनीतिक स्थिरता रहेको छ। लामो समयदेखि गृहयुद्धको चपेटामा रहे पनि यसको अर्थतन्त्रले आफ्नो श्रेणीमामा रहेका अन्य देशहरुको तुलनामा राम्रो प्रदर्शन गरिरह्यो। संयुक्त राष्ट्र मानव विकास सूचकांकमा पनि श्रीलंका राम्रो थियो। अचानक के भयो कि श्रीलंका कंगाल बन्न पुग्यो ? 

यो सबै एकाएक भएको भने होइन। कोभिडले श्रीलंकाको अर्थव्यवस्थामा असर गर्न केही भूमिका खेलेको थियो। यद्यपि कोभिडमाथि श्रीलंका वा अन्य कुनै देशको नियन्त्रण थिएन। यसबाहेक श्रीलंका पनि आफ्नो दयनीय अवस्थाका लागि धेरै हदसम्म जिम्मेवार छ। श्रीलंका सरकारले गलत नीतिहरु अपनाएर आफैँलाई संकटमा पारेको हो। वास्तवमा ती नीतिहरुका कारण धेरै पहिले आर्थिक संकटको निम्त्याउने देखिएको थियो। अहिले वास्तविक रुप देखायो। 

श्रीलंकाको अर्थतन्त्र मुख्यतया पर्यटनमा आधारित छ। श्रीलंकाको जीडीपीमा पर्यटनको हिस्सा करिब १२.५ प्रतिशत रहेको तथ्यबाट यसको अनुमान लगाउन सकिन्छ र यो क्षेत्रले कोभिडपूर्व युगमा श्रीलंकामा सबैभन्दा तीव्र वृद्धिदर हासिल गरिरहेको थियो। तर, कोभिडसँग सम्बन्धित प्रतिबन्ध र महामारीको डरले पर्यटन क्षेत्रका गतिविधिहरु ठप्प हुन पुगे। 

श्रीलंका सरकारको गलत नीतिले आगोमा घिउ थप्ने काम गर्यो। लोकतान्त्रिक राजनीतिको लोभमा सरकारले करको दरमा भारी कटौती गर्यो। यसबाट राजस्वमा घाटामात्रै भएन सरकारको खस्कँदै गएको गणितलाई ध्यानमा राख्दै विश्व क्रेडिट रेटिङ एजेन्सीहरुले श्रीलंकाको विश्वसनीयतामाथि प्रश्न उठाउन थाले। यसले कोलम्बोलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट सस्तो दरमा वित्तीय स्रोत परिचालन गर्न गाह्रो बनायो। यसका लागि श्रीलंका चीनजस्तो देशमा बढी निर्भर हुन थाल्यो। चीनले पहिलेदेखि नै कडा सर्तसहित धेरै ऋण दिएको थियो। 

कठिनाइहरु यतिमा मात्र सीमित भएनन्। अर्गानिक खेतीतर्फ रातारात कदम चाल्न नसक्दा कृषिमा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने आदेश जारी गरिएको थियो। जसका कारण परम्परागत कृषि उत्पादनमा समेत असर परेको छ। रासायनिक मल प्रयोग गर्ने निर्णयपछि उल्टाइए पनि ढिलो भइसकेको थियो र डरलाग्दो खाद्यान्न संकट निम्त्याउन लागेको थियो। 

फलस्वरूप आज श्रीलंका आर्थिक र खाद्य संकटले यति ग्रसित भएको छ। श्रीलंकाको अर्थतन्त्र पूर्ण रुपमा ध्वस्त भएको छ। –एजेन्सी