काठमाण्डौ । पाकिस्तानको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ।

पाकिस्तानको केन्द्रीय बैंकले आगामी दिनमा देश गम्भीर आर्थिक संकटमा फस्न सक्ने चेतावनी दिएको छ। स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले शेहबाज शरिफ सरकारको आलोचना गर्दै भने, ‘यसले मूल्य र वित्तीय स्थिरताभन्दा वृद्धिलाई प्राथमिकता दिएको छ। अहिले त्यसको परिणाम मुलुकले भोगिरहेको छ।’

हालै जारी गरिएको वार्षिक प्रतिवेदनमा एसबीपीले मूल्य र वित्तीय स्थायित्वको खर्चमा वृद्धिलाई प्राथमिकता दिने देशहरुले वृद्धिलाई दिगो बनाउन नसक्ने अन्तर्राष्ट्रिय अनुभवले बारम्बार देखाएको उल्लेख छ।

‘डन न्युज’ मा प्रकाशित रिपोर्टका अनुसार पाकिस्तानको केन्द्रीय बैंकले यस्तो अवस्थामा देशमा आर्थिक वृद्धि दोहोरिएपछि आर्थिक संकट झेल्ने गरेको जनाएको छ। पाकिस्तान अहिले गहिरो नगद संकटको सामना गरिरहेको छ। 

प्रधानमन्त्री शहबाज सरिफको नेतृत्वमा रहेको वर्तमान सरकारले आर्थिक वर्ष २०२३ को आर्थिक वृद्धिमा ध्यान दिन छाडेको छ। यद्यपि यसले वित्तीय र मूल्य स्थिरता ल्याउन असफल भएको छ। 

एसबीपीको अनुमान छ कि वित्त वर्ष २०२३ मा वृद्धिदर निर्धारित लक्ष्यभन्दा कम हुनेछ। यसरी वृद्धिदर ३–४ प्रतिशतभन्दा कम हुन सक्छ।

आर्थिक वृद्धिको तीव्र गिरावटले पहिले नै व्यापार र औद्योगिक क्षेत्रमा ठूलो कटौतीको कारण बनाइसकेको छ र यो छिट्टै अर्को ठूलो चरणको छटनी सुरु हुने आशंका गरिउको छ। कपडा मिल, निर्यातकर्ता र आयातकर्ताले ऋणपत्र नखुलेकोमा गम्भीर चिन्ता व्यक्त गरेका छन्। जसले व्यापार चक्रलाई ठप्प पारेको छ। 

पाकिस्तान सरकारले मूल्यको ख्याल गरे पनि विगत ५ महिनादेखि मुद्रास्फीति २५ प्रतिशतको हाराहारीमा रहेको छ। यसले स्थायित्व र विकासको सम्भावनालाई लथालिंग पारेको छ। 

पाकिस्तानको विदेशी मुद्रा सञ्चिती ८ वर्षयताकै न्यून विन्दुमा पुगेको छ। विदेशी मुद्रा सञ्चिती घटेर डिसेम्बर १६ सम्म ६.१ अर्ब डलर सीमित बनेको छ। यसले एक महिनामात्र आयात गर्न सकिन्छ। –एजेन्सी