काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको छब्बिसौं वार्षिक साधारणसभा आज बुधबार कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार काठमाडौंमा सम्पन्न भएको छ ।

सभामा आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ५ अर्ब २५ करोड र कर्जा सापट रु. ४ अर्ब ६७ करोड पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) रु. ११ करोड १९ लाख भएको जानकारी साधारणासभालाई गराएका थिए ।

साधारणसभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको च’क्ता प”ँजीको १०.५३ प्रतिशत लाभाँश वितरण (बोनश शेयर ७.३७% तथा नगद लाभाँश ३.१६% ) सम्बन्धि प्रस्तावलाई छब्बिसौं साधारणसभाबाट अनुमोदन भयो । अनुमोदन पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु. ८९,०१,३४,८७९.५० पुगेकोे छ ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्षले विषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायिक कारोवार बृद्धि हुनुमा आफ्ना ग्राहकहरुसँगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलीतर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए । कम्पनीले २०७७ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रही व्यवसायिक कार्य गर्दै उक्त बैंकको निर्देशनहरु प”र्०ारुपमा पालना गरिएको जानकारी समेत सभालाई गराए । छलफलको क्रममा शेयरधनीहरुबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर अध्यक्षको अनुमतीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिए पश्चात साधारणसभाबाट वित्तीय विवरण लगायत सभामा छलफलका लागी पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो ।