काठमाण्डो । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले यही जेठ २३ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँबाट आयोजना प्रभावित र सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशतमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १५ लाख ९३ हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि जारी गर्नेछ। जसमा आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४, ५, ६, ७, ८ र ९ वडालाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता जारी गरिनेछ। 

यसैगरी आयोजना प्रसारण लाइन पर्ने रामेछापको लिखु तामाकोशी गापा वडा नं. ५, ६ र ७ र मन्थली नपा वडा नं. ११, १२ र १३ तथा रामेछाप नपा वडा नं. १ र ३ जम्मा निष्कासन गरिने सेयरको २५ प्रतिशत अर्था ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. १ र ओखलढुंगाको लिखु गापा वडा नं. १, २ र ३ लाई जम्मा निष्कासन गरिने सेयरको ५ प्रतिशत हुने अर्थात ७९ हजार ६५० कित्ता सेयर बिक्री गरिनेछ। 

यो सेयरमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। नेपाल एसबीआई बैंक यसम शाखा (ओखलढुंगा), सांग्रिला विकास बैंक मन्थली शाखा (रामेछाप), श्वेत–गंगा हाइड्रोपावरको आयोजनास्थल लिखु तामाकोशी गापा वडा नं. ३ फेटा (रामेछाप) र स्वेश्त–गंगा हाइड्रोपावरको आयोजनास्थल लिखु ताामकोशी गापा वडा नं. ४ रात्माटा (रामेछाप) मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ। 

स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा असार ६ गते बैंकिङ समयपछि हुनेछ। यो अवधिमा पनि सम्पूर्ण कित्ता बिक्री नभएमा आवेदन दिने म्याद असार २१ गतेसम्म लम्बिन सक्नेछन्। 

श्वेत–गंगा हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ ११ गते निष्कासनको अनुमति दिएको थियो।