काठमाण्डो । श्वेत–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज (असार ६ गते) अन्तिम दिन रहेको छ। 

यो कम्पनीलेले गत जेठ २३ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ। 

कम्पनीले जारी पुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँबाट आयोजना प्रभावित र सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशतमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १५ लाख ९३ हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको छ। जसमा आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. २, ३ र ४ तथा ओखलढुंगाको लिखु गापा वडा नं. ४, ५, ६, ७, ८ र ९ वडालाई जम्मा निष्कासन गरिने सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता जारी गरिएको छ। 

यसैगरी आयोजना प्रसारण लाइन पर्ने रामेछापको लिखु तामाकोशी गापा वडा नं. ५, ६ र ७ र मन्थली नपा वडा नं. ११, १२ र १३ तथा रामेछाप नपा वडा नं. १ र ३ जम्मा निष्कासन गरिने सेयरको २५ प्रतिशत अर्था ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गापा वडा नं. १ र ओखलढुंगाको लिखु गापा वडा नं. १, २ र ३ लाई जम्मा निष्कासन गरिने सेयरको ५ प्रतिशत हुने अर्थात ७९ हजार ६५० कित्ता सेयर बिक्री खुला गरिएको छ। 

यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। नेपाल एसबीआई बैंक यसम शाखा (ओखलढुंगा), सांग्रिला विकास बैंक मन्थली शाखा (रामेछाप), श्वेत–गंगा हाइड्रोपावरको आयोजनास्थल लिखु तामाकोशी गापा वडा नं. ३ फेटा (रामेछाप) र स्वेश्त–गंगा हाइड्रोपावरको आयोजनास्थल लिखु ताामकोशी गापा वडा नं. ४ रात्माटा (रामेछाप) मार्फत पनि यो आईपीओमा आवेदन दिन सकिनेछ। 

स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ ११ गते निष्कासनको अनुमति दिएको थियो।