काठमाण्डौ । भारतको नयाँदिल्लीस्थित अस्ट्रियन दूतावासबाट नेपाल आएको राजदूतसहितको उच्चस्तरीय भ्रमण टोलीले नेपाल पर्यटन बोर्डमा बुधबार नेपालको समग्र पर्यटन र संकट व्यवस्थापनका विभिन्न विषयमा अन्तरक्रिया गरेको छ। उक्त अवसरमा दुवै पक्षबीच संकट व्यवस्थापनका लागि भविष्यमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले अस्ट्रियन राजदूत विजर क्याथरिनासहित अस्ट्रियाका उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरुलाई स्वागत गर्दै नेपालको पर्यटन र संकटकालीन अवस्थामा नेपालले अबलम्बन गरेका नीति तथा कार्यक्रमबारे जानकारी गराएका छन्। ‘नेपाल आउने पर्यटकलाई कुनै पनि समस्या नपरोस र परेको खण्डमा त्यसलाई सजह ढंगले समाधान गर्ने सकियोस् भनेर बोर्डले नेपाल सरकारका विभिन्न निकाय तथा पर्यटनसँग सम्बन्धित संस्थाहरुसँगको समन्वय र सहकार्यमा संकट व्यवस्थापनको कार्य गरिरहेको छ’, उनले भने।
रेग्मीले नेपाल र अस्ट्रियाको प्राकृतिक विविधतामा समानता रहेको उल्लेख गर्दै जलवायु परिवर्तनले गरेको असरका विषयमा साझा धारणा र वकालत आवश्यक रहेकोसमेत बताए।
अस्ट्रियन राजदूत विजर क्याथरिनाले पर्यटनमा संकट व्यवस्थापन महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता विषयमा दुवै देशले अवलम्बन गरेका अनुभवहरु आदानप्रदान गर्न आवश्यक रहको धारणा राखिन्।
कार्यक्रममा नेपालका लागि अस्ट्रियाका मानार्थ वाणिज्यदूत राजेशबाबु श्रेष्ठ, अस्ट्रियन सरकारका विभिन्न उच्चअधिकारी, पर्यटन बोर्डका वरिष्ठ निर्देशक, निर्देशक, पर्यटक प्रहरीहरुको सहभागिता थियो।
9 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago