काठमाण्डौ । रुसले विदेशी मुद्रामा लिएको ऋण तिर्न असफल भएको छ। पछिल्लो १०० वर्षमा पहिलोपटक रुस विदेशी मुद्राको ऋणमा असफल भएको हो।
अमेरिकालगायत पश्चिमी मुलुकले विदेशी ऋणदाताको पेमेन्ट रुपमा लगाएको कडा प्रतिबन्धका कारण रुसले ऋण तिर्न असफल भएको छ। ब्लुमबर्गको प्रतिवेदनका अनुसार युक्रेनसँगको युद्ध सुरु भएको महिनौँसम्म रुसले जरिवाना तिर्दै विदेशी मुद्रामा लिएको ऋण भुक्तानी गर्न बाटो बनाइरहेको थियो। तर, आइतबार करिब १०० मिलियन डलरको ब्याज भुक्तानीको म्याद सकियो। अन्तिम मितिमा भुक्तानी गर्न असफल भएमा त्यसलाई डिफल्ट मानिन्छ।
यसअघि सन् १९१७ मा रुसले विदेशी मुद्रामा लिएको ऋण तिर्न असफल भएको थियो।
युक्रेनसँगको युद्धपछि रुसमा आर्थिक स्थिति द्रुत रुपमा परिवर्तन हुँदैछ। रुसको अर्थतन्त्र पश्चिमी देशहरुको व्यापारसहित ऋण चुक्तासम्बन्धी प्रणालीमा धेरै प्रतिबन्धहरुले प्रभावित भइरहेको छ।
यो डिफल्ट रुसका लागि सुरुवातमात्र हो भन्ने विज्ञहरु बताउँछन्।
रुसको आर्थिक संकट र सन् १९९८ मा रुबलको पतन हुँदा तत्कालीन राष्ट्रपति बोरिस येल्तसिनको सरकारले ४० अर्ब डलरको घरेलु ऋण तिर्न असफल भएको थियो।
यसैबीच रुसको वित्त मन्त्रालयको एउटा वक्तव्य जारी गर्दै अहिले नयाँ अस्थायी भुक्तानी प्रणाली प्रयोग गरिरहेको प्रस्ट पारेको छ। यसअन्तर्गत मन्त्रालयले कुपनको मूल्यबराबरको रुबललाई मस्कोको राष्ट्रिय सेटलमेन्ट डिपोजिटरीमा स्थानान्तरण गर्दछ। जसले भुक्तानीको अधिकतम समानता सुनिश्चित गर्न केन्द्रीय बैंकको विनिमय दरमा रुबलमा ऋणदातालाई पेमेन्ट गर्छ। –एजेन्सी
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
15 hours ago