काठमाण्डौ । सरकारले काठमाण्डौमा सरकारी अस्पतालसँगै अब थप ६ वटा निजी अस्पतालमा कोभिडविरुद्धको खोप लगाउने व्यवस्था गरेको छ।
पछिल्लो समय कोभिड संक्रमण बढ्न थालेपछि खोप लगाउनेको संख्या बढेको छ। सोही कारण सकारले निजी अस्पतालबाट पनि खोप लगाउन पाउने व्यवस्था गरेको हो।
यसअघि काठमाण्डौमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर, लोट्से भवन नयाँ बसपार्क, एपेक्स पोलिक्लिनक जडीबुटी, नेपाल प्रहरी अस्पताल महाराजगन्ज र वीर अस्पतालबाट खोप लगाउन व्यवस्था गरिएको थियो।
अब नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला, काठमाण्डौ मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने व्यवस्था सरकारले गरेको हो।
यसैगरी काठमाण्डौ उपत्यकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सम्बन्धित विद्यालयबाटै कोभिडविरुद्धको खोप लगाइँदैछ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago