काठमाण्डौ । कोभिड–१९ नियन्त्रणका लागि काठमाण्डौमा लगाइएको प्रतिबन्धात्मक व्यवस्थाहरु पूर्ण रुपमा हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज एक आदेश जारी गर्दै फागुन २१ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका आदेशहरुमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरु पूर्ण रुपमा हटाइएको हो। कोभिड संक्रमण घट्दै गएकोले प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएको प्रशासनले स्पष्ट पारेको छ।
यसअघि कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले मन्त्रिपरिषद्को निर्णय, सीसीएमसीको सिफारिस र स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८, संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ समेतले दिएको अधिकार प्रयोगरी विभिन्न मितिमा प्रतिबन्धात्मक आदेश जारी गरेको थियो। जसअनुसार राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यावसायिकलगायत क्रियाकलापहरु प्रचलित स्वास्थ्य मापदण्डको पालना गरी नियमित रुपमा सञ्चालन गर्न गराउन आदेश दिइएको थियो।
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago