काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले कोरोना संक्रमितको उपचारमा तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने चेतावनी दिएका छन्। 

आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भेटिए निजी अस्पतालहरु कारबाहीको भागिदार हुने चेतावनी दिएका हुन्। ‘निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ । त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौँ’, उनले भने, ‘काठमाण्डौका विभिन्न नामका अस्पतालले मनपरी ढंगले रकम लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले चेतावनी दिइसकेको छ, यदि त्यस्तो भेटिए कारबाही हुन्छ।’

सरकारी अस्पतालमा सबै कोरोना संक्रमितहरुको निःशुल्क उपचारको व्यवस्था गरिएको पोखरेलले बताए।