काठमाण्डौ। ICIMOD, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG) बीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। 

ICIMOD का प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरत सिंह बेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा ICIMOD रणनीतिक सहयोगका निर्देशक बसन्तराज श्रेष्ठ र डाबर नेपालका मेडिसिनल प्लान्ट प्रमुख अरविन्द राना पनि उपस्थित थिए। 

यस पहलको उद्देश्य नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु रहेको छ। भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ। यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG), डाबर नेपाल र ICIMOD ले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ। 

यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्र्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्नेछ।