काठमाण्डौ । तेश्रो संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले आफ्ना काठमाडौ, भक्तपुर र ललितपुरमा रहेका स्मार्ट सेन्टरहरुलाई झकिझकाउ बनाइएको छ ।

ती सेन्टरहरु संविधान दिवस २०७५ का पोष्टरहरुद्वारा सुसज्जित गरिएको थियो । साथै सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्वलन तथा राष्ट्रिय गान गाई संविधान दिवस मनाइएको कम्पनीले जनाएको छ । 

स्मार्ट टेलिकम १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत  प्राप्त गरेको छ । दक्ष कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको विज्ञप्तिमा उल्लेख छ । 

स्मार्टले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोरजी सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा बिस्तार गरिसकेको छ र अन्य शहरमा समेत बिस्तार गर्ने क्रममा रहेको छ ।