काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर संरचना परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले संस्थापक समूहको सेयर सर्वसाधारणमा परिमार्जन गर्दै सेयर संरचना परिवर्तन गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले आज एक सूचना प्रकाशित गरी ७ दिनभित्र सर्वसाधारण सेयरमा परिवर्तन गर्न इच्छुक नभएका सेयरधनीहरुले कम्पनीलाई सूचित गर्न आग्रह गरेको छ।
हाल कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ। अब कम्पनीले त्यसलाई परिमार्जन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागेको हो।
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago
19 hours ago