काठमाण्डौ । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि गत जेठ १२ देखि असार ३२ गतेसम्म आयोजना गरेको ५२ दिनको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा  सफलतापूर्वक ५ लाखभन्दा बढी प्रयोगकर्ताले १ करोडभन्दा बढी संख्यामा कारोबार गरेका छन्। 

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय–समयमा आफ्ना प्रयोगकर्ताका लागि विभिन्न आकर्षक अफर प्रदान गर्दै आइरहेको छ। यही शैली जारी राख्दै खल्तीले करोडबराबरको अफरका रुपमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आयोजना गरेको थियो। 

यो अफरअन्तर्गत खल्ती प्रयोगकर्ताले सहभागिता जनाई क्यासब्याक तथा थुप्रै उपहारका फाइदा लिएका थिए। यसका साथै हरेक दिन १ बजेदेखि सुरु हुने फायरसेलअन्तर्गत २ लाखभन्दा बढी प्रयोगकर्ता लाभान्वित भएका थिए। जसमा ५०% सम्म क्यासब्याक प्रदान गरिएको थियो। 

अफरको आकर्षक केन्द्रविन्दुका रुपमा रहेको ३ वटा ‘बजाज पल्सर एनएस १६० एबीएस’ तीन भाग्यशाली विजेताले लक्कीड्रमार्फत प्राप्त गरेका छन्। यतिमात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताले पुरस्कारस्वरूप समग्रमा ७ वटा वान प्लसको ४३ इन्चको स्मार्ट टीभी, १४ वटा स्मार्टफोन, ५२ वटा फ्लाइट टिकट रु. १ मा, ५२ वटा स्मार्टब्यान्ड लक्कीड्रमार्फत प्राप्त गर्दा निकै खुसी महसुस गरेका थिए। 

खल्तीले विजेता छनौट प्रक्रियालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभमार्फत विजेता घोषणा गर्दै आएको थियो। सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काको उपस्थितिमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागिता जनाउने सबैप्रति कृतज्ञता प्रदान गर्दै सम्पन्न भएको थियो। 

आगामी दिनमा पनि डिजिटल भुक्तानीप्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तीले थुप्रै रोमाञ्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्तामाझ ल्याउनेछ।