काठमाण्डौ । मर्जर प्रक्रिया पूरा सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले यही फागुन २९ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्ने भएका छन्।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागिएको हो।
यी दुवै कम्पनीको गत फागुन ११ गते सम्पन्न वार्षिक साधारणसभाले दुवै कम्पनीबीचको मर्जर प्रक्रियालाई पारित गरेको थियो।
नेपाल बीमा प्राधिकरणले गत फागुन १६ गते र नेपाल धितोपत्र बोर्डले फागुन २३ गते दुवै कम्पनीको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो।
कम्पनी रजिस्ट्रारको कार्यालयले भने गत फागुन १९ गते गाभिने कम्पनीको सम्पूर्ण ऋण, धन तथा दायित्व नयाँ बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले व्यहोर्ने र बुझाउन बाँकी रहेको विवरण समेत बुझाउने सकार्ने गरी स्वीकृति प्रदान गरेको थियो।
मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको नक्सालमा रहनेछ।
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदानप्रदान अनुपात १००ः८० मा मर्ज भएका हुन्। यसका साथै दुवै कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरणपश्चात स्वाप रेसियो गणना गरी मर्जरपश्चात कायम हुने कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहनेछ।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago