लुक्ला । यती एअरलाईन्स–तारा एयरले खुम्बुु पासाङ ग्रामीण नगरपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्र विकास कार्यक्रमसँगको साझेदारीमा २०१८ मा सगरमाथा क्षेत्रबाट काठमाडौँमा रिसाइकल गर्न प्राकृतिक रुपमा नष्ट नहुने १०० टन फोहोर मैला एयरलिफ्ट गर्ने प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ ।

यो अभियान एअरलाइनको २००८ देखि सुरु गरिएको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरण प्रति केन्द्रित सीएसआर कार्यक्रमको निरन्तरता हो।

१७ मार्च, २०१८ मा लुक्ला एयरपोर्टमा एक उद्घाटन कार्यक्रम आयोजना गर्दै, एअरलाइन्सले पहिलो पटक उडान भर्दै आफ्नो सफाई अभियानको सुरुवात गरी सगरमाथा क्षेत्रका विभिन्न सङ्कलन केन्द्रहरूमा जम्मा भएका फोहोर मैलाको मात्रा र तिनलाई व्यवस्थित गर्न तोकिएको एक निश्चित समयको जानकारी सार्वजनिक गरेको थियो ।लगभग ५००० किलो फोहोर त्यही दिन एयरलिफ्ट गरिएको थियो ।

यती एअरलाइन्स–तारा एअरले विशेषतः जिम्मेवार खपत र उत्पादन (एसडीजी १२), जलवायु परिवर्तन (एसडीजी १३), जैविक विविधताको खपत (एसडीजी १५) र साझेदारी (एसडीजी १७) सम्बन्धित दिगो विकास लक्ष्य (एसडीजी) प्रतिकोआफ्नो प्रतिवद्धताको रूपमा सगरमाथा क्षेत्रबाट २०१८ मा १०० टन फोहोर हटाउने महत्वाकांक्षी उद्देश्य तय गरेको हो । सङ्कलन गरिएका फोहोर रिसाइकल गर्न काठमाडौँ पुर्याइनेछ । 

एसपिसिसिसँगको सम्झौता अन्तर्गत सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नामक एक स्थानीय पर्यावरणीय संरक्षण सङ्गठन र हिमालय क्लब लुक्लाले सगरमाथा क्षेत्रमा फोहोर सङ्कलनका लागि समन्वय गर्दछन् भने ब्लू वेस्ट टुभ्यालु, काठमाडौँको एक रिसाइक्लिङ कम्पनीले त्यस फोहोर रिसाइकलगर्दछ ।सङ्कलन भएका फोहोरमा प्रायः बियरका खाली बोतल र क्यान, खाली खाद्म सामाग्रीका टिन र ट्रेकिङका उपकरणहरु रहेका छन् ।

“हाम्रो एअरलाइन्सको तर्फबाट हामी एसपीसीसी, हिमालयन क्लब, ब्लू वेस्ट टु भ्यालु तथा यस अभियानमा संलग्न अन्य संस्थाहरूप्रति धन्यवाद व्यक्त गर्दछौँ । हामीलाई सामाजिक रुपमा अझ जिम्मेवार बनाउन हाम्रो प्रयासमा उनीहरूको मार्गदर्शन र समर्थनको लागि युएनडीपी प्रति आभारी छौँ। हामीलाईपर्यावरण संरक्षणको यस पहलमा साथ दिनुहुने मिडियालाई पनि धन्यवाद दिन चाहन्छौँ”, यती एअरलाईन्स–तारा एअरका प्रमुख कार्यकारी अधिकृत श्री उमेश चन्द्र राईले भने, “हामी आशा गर्दर्छौँ कि यस्तोसहयोगी प्रयासहरूले हाम्रो ग्रहको दुर्वलप्राकृतिकअवस्थाको सुरक्षामा सफलताको लागि नेतृत्व गर्नेछ र भावी पिडीहरूले त्यसको आनन्द उठाउँनेछन्।”