काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स लिमीटेड इण्डियन च्याम्बर अफ कमर्सको आयोजनामा थाइल्याण्डको बैंककमा हालै सम्पन्न भएको इमरजिङ एशिया इन्स्योरेन्स अवार्ड्स एण्ड कनक्लेभ-२०१९ मा 'स्पेशल रिकग्नीसन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर-२०१९' विधाबाट पुरस्कृत भएको छ । 

गत वर्ष सोही संस्थाबाट यो कम्पनी 'प्रडक्ट इनोभेसन इन जनरल इन्स्योरेन्स' विधामा पुरस्कृत भएको थियो । 

अवार्ड वितरण समारोहमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले डिग इन ड्राइभर्स एण्ड कस्टुमर विषयक छलफल कार्यक्रममा प्यानलिष्टको भूमिका समेत निर्वाह गरेका थिए । 

यो कम्पनीले चालु आर्थिक वर्षको असार पहिलो साताभित्र २ अर्ब रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरिसकेको छ ।