कोरियन कार निर्माता कम्पनी हुुण्डाईको हुुण्डाई कोना इलेक्ट्रिक कार सगरमाथा पुुग्ने पहिलो कार बनेको छ । 

हुुण्डाई कोना इलेक्ट्रिक कारले शनिबारबाट तिब्बतको राजधानी ल्हासाबाट सगरमाथा पुुग्ने मिसनको सुुरुवात गरेको छ । 

कम्पनीले यो मिसनको नाम इमिसन इम्पोसिबल राखेको छ । तिब्बतको राजधानी ल्हासा संसारको सबैभन्दा उच्च स्थानमा अवस्थित शहर हो, जुन १२ हजार फिटको उचाईमा रहेको छ । 

हुुण्डाई कोना इलेक्ट्रिक सन् २०१९ मा लञ्च गरिएको थियो । इलेक्ट्रिकफाइड कोना स्ट्यान्र्डर्ड आइसी इञ्जिनवाला कोनाको सफलता पछि अन्तराष्ट्रिय बजारमा धेरै सफल प्रडक्टको रुपमा यो कार अगाडि आएको थियो । 

क्रसओभरले सन् २०१७ को मध्यतिर आफ्नो शुुरुवात गरेको थियो र अर्काे वर्ष दक्षिण कोरियामा इलेक्ट्रिक भर्जन लञ्च गरिएको थियो र यसलाई संसारभर बिस्तारै रोल आउट गरिएको थियो । इलेक्ट्रीक र रेगुुलर कोना दुुवैले सन् २०१९ मा नर्थ अमेरिकन युुटिलिटी भेइकल अफ द इयरको उपाधि हासिल गरेका थिए ।