काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको आज सम्पन्न २४ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश अनुमोदन गरेको छ। 

काठमाण्डौको भद्रकालीस्थित कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट भएको सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ११.५७८९ प्रतिशत लाभांश अनुमोदन गरेको छ। जसमा ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। कम्पनीको चुक्तापुँजी १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँ रहेको छ। 

सोही सभाले गत आर्थिक वर्षका वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी अनुमोदन गरेको छ। 

भर्चुअल माध्यमबाट गरिएको सभामा ८२ जना सेयरधनीको उपस्थिति रहेको थियो भने स्वयं उपस्थित सेयरधनीको संख्या १५ जना रहेको थियो ।