काठमाण्डौ । विश्वको एकमात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समूहअन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नेपालभर बिक्री अनुमति पाएको छ। 

कम्पनीले आफ्नो बिक्री, सर्भिस एवं सञ्जाल विस्तार कार्य सुरु गरिरहेको छ। जो गुफीको नामबाट प्रख्यात प्रमोद श्रेष्ठलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाईद्वारा सम्मान गरिएको छ। श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबैभन्दा खारिएको राइडर हुन्। उत्साही र साहसिक यात्रा गर्न रुचि राख्ने श्रेष्ठले रोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र भारतको सफल यात्रा गरिसकेका छन्। 

सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समयाबिधिमा रोयल इन्फिल्ड ३५० सीसीबाट पूर्वपश्चिम राजमार्ग (मेची– महाकाली) चलाएर यात्रा गरी क्रीतिमानसमेत श्रेष्ठले कायम गरेका छन्। विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालविवाहविरुद्ध शिक्षा’ अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभले त्रिवेणी ग्रुपको कार्यालयमा एक कार्यक्रम आयोजना गरेर रु. ५ लाखको चेक हस्तान्तरण गरेको छ।

यसका साथै कार्यक्रममा रोयल इनफिल्डको झन्डासमेत सगरमाथाको शिखरमा पुर्याउनका लागि संघाईबाट हस्तानतरण गरेका छन्।