काठमाण्डौ। सरकारले अर्थ मन्त्रालयबाट सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सचिव मरासिनीलाई अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो। बैठकले अर्थसचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ। राजस्वसचिवसमेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवका रुपमा काम गर्ने भएका छन्।
मरासिनी गत आइतबारदेखि बिदामा बसेका छन्। जनार्दन शर्मा अर्थमन्त्री भएर पुनः आएपछि मारासिनी बिदामा बसेका हुन्।
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago