काठमाण्डौ । सञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट तुलसीराम गौतमले राजीनामा दिएका छन्। 

हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीईओ गौतमले राजीनामा दिएका हुन्। गौतम २०७५ वैशाखबाट सञ्चुरी बैंकको सीईओका रुपमा कार्यरत छन्।

यसअघि गौतम इक्रा नेपालका सीईओ थिए। इक्रा नेपालमा जानुअघि उनी माछापुच्छ्रे बैंकका सीईओ थिए। 

नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमसँग ३ दशक लामो बैंकिङ अनुभव रहेको छ। उनले मार्केटिङ र फाइनान्समा एमबीए गरेका छन्। 

 

सञ्चालक समितिमा गौतमको राजीनामा विचाराधीन अवस्था रहेको कम्पनी सचिव तुल्सीप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।