काठमाण्डौ । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाण्डौको चन्द्रागिरी नगरपालिकास्थित सतुङ्गलमा सहवितरण शोरुमको खोलेको छ।

यही माघ २७ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त शोरुमको सञ्चालन इलेक्ट्रोहोम डीटीएच नेटवर्कले गर्नेछ। शोरुम उद्घाटनमा डिशहोमका तर्फबाट एरिया सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटा, मार्केटिङ डिपार्टमेन्टबाट दिनेश रतन र अनिल ठाकुर तथा सीएम ट्रेडिङका तर्फबाट सेल्स म्यानेजर सुनिल बाबा भट्ट र सेल्स अफिसर विक्रम लामाको उपस्थिति थियो। 

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको इलेक्ट्रोहोम डीटीएच नेटवर्कले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ।

२ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका इलेक्ट्रोहोम डीटीएच नेटवर्कले अब अझ बढी ग्राहकमाझ पुग्नका लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने इलेक्ट्रोहोम डीटीएच नेटवर्कका सञ्चालक सरोज लामिछानेले जानकारी दिए।