काठमाण्डौ । निकै चासोको साथ हेरिएको सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बिना निश्कर्ष सकिएको छ । 

साँझ ५ बजे बालुवाटारमा सुरु भएको बैठक २ घण्टा चले पनि एमसीसीको विषयमा ठोस निर्णय गर्न सकेन । 

बैठकमा सहभागी एक नेताका अनुसार २ घण्टासम्म एमसीसीको विषयमा समान धारणा बनाएर अगाडि बढाउने विषयमा छलफल भए पनि कांग्रेस र माओवादीका फरक फरक धारणाले निश्कर्ष निस्किएन। 

कुनै निश्कर्ष ननिस्किएपछि भोलि बिहान ९ बजे पुनः बैठक बस्ने गरी नेताहरु उठेका छन् । आज भनिएको निर्णायक बैठक भोलि हुनसक्ने नेताहरुले बताएका छन् । 

भोलिको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी भए पनि एमसीसीलाई टेबल गर्न खोजेका थिए । तर, गठबन्धनमा सहभागी अन्य दलको अनुरोधमा प्रम देउवा भोलि एमसीसी टेबल नगर्ने सहमतिमा पुगेका छन् ।