काठमाण्डौ । वर्ष २०२३ अडानी समूहका लागि निकै अशुभ बन्दै गइरहेको छ।
अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदनपछि अडानी समूहका कम्पनीहरुको सेयरभाउमा भारी गिरावट आइरहेको छ। हिन्डनबर्गको रिपोर्ट गते २४ जनवरीमा आएको थियो। हिन्डनबर्गले अडानी समूहका ७ वटा स्टक ८५ प्रतिशतले ओभरभ्यालुङ भएको जनाएको थियो। थियो।
यो प्रतिवेदनपछि अडानी समूहका कम्पनीहरुको सेयरले लोअर सर्किट लाग्न थाल्यो। अडानी समूहका सबै कम्पनीका सेयर रातो निसानमा आएका थिए। अझै पनि सेयरभाउ घट्ने क्रम जारी छ।
पछिल्लो एक महिनाको अवधिमा अडानी समूहका तीनवटा कम्पनीको सेयरभाउ ८५ प्रतिशतले घटेको छ। यो हिन्डनबर्गले उनीहरुको ओभरभ्याल्युङका बारेमा भनेजस्तै गिरावट हो।
अडानी समूहको अन्य कम्पनीको सेयरभाउ पनि ७९ प्रतिशतभन्दा बढीले घटेको छ।
हिन्डनबर्गको प्रतिवेदन बाहिरिएपछि अडानी टोटल ग्यास, अडानी ग्रीन एनर्जी र अडानी ट्रान्समिसनको सेयरभाउमा भारी गिरावट आएको छ। पछिल्लो एक महिनामा यी स्टकहरु ८५ प्रतिशतभन्दा बढीले घटेका छन्। अडानी समूहका सबै १० कम्पनीको सेयरमूल्य निरन्तर ओरालो लागेको छ। –एजेन्सी
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago