काठमाण्डौ । सनराइज बैंक लिमीटेडले कृषि कर्जा प्रवद्र्धनका लागि कृषि कर्जा सहायक र अधिकृत गरी २ पदमा २० जना कर्मचारी मागेको छ । 

यो बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्ने उद्देश्यले कर्मचारी माग गरिएको प्रष्ट्याएको हो । 

कम्तीमा प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तरसम्म योग्यता हुनेहरुले आवेदन दिनसक्ने र उनीहरुको क्षमताको आधारमा सहायकदेखि जुनियर अधिकृतसम्म पदस्थापना गरिने बताइएको छ । 

कृषि क्षेत्रको प्राविधिक ज्ञान अनिवार्य गरिएको छ भने कृषि कर्जामा अनुुभव, दक्षता हासिल गरेकालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ । 

बैंकले निकालेको कृषि प्राविधिक कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ :

यसैगरी, राष्ट्रिय स्तको विकास बैंक गरिमा विकास बैंक लिमीटेडले समेत २ पदका लागि केही कर्मचारी मागेको छ । यो बैंकले सहायक प्रबन्धक वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृतको रुपमा रही शाखा प्रमुखको जिम्मेवारी सम्हाल्ने गरी केही कर्मचारी माग गरेको हो । रुपन्देही, पर्वत र काठमाण्डौस्थित शाखाका लागि प्रमुख मागिएको हो । 

यस्तै, यो बैंकले बैंकको लघुवित्त कार्यक्रममा काम गर्ने गरी प्रशिक्षार्थी सहायक, कनिष्ठ सहायक वा सहायक पदका लागि केही कर्मचारी मागेको छ । 

गरिमाले निकालेको कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस्तो छ :