काठमाण्डौ । बैंकले बाग्लुङ्गमा १३९औं शाखा संचालनमा ल्याएको छ । बैंकले गण्डकी प्रदेशको बाग्लुङ्ग नगरपालिका वडा नं २ मा शाखा खोलेको हो । बैंकले बनकटुवा, बैजनाथ गाउँपालिका–७, बाँकेमा ५२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । 

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा बैजनाथ वडा नं ७ का वडा अध्यक्ष  गोपाल थारुको उपस्थिति रहेको थियो । बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि नरेन्द« कुमार चौधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी संचालनमा ल्याएको हो । उक्त सेवाबाट ग्राहकहरुले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । 

नयाँ शाखा र शाखारहित बैंकिङ्ग सेवाको संचालनसंगै बैंकको १३९ वटा शाखा, ५२ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटीएमहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।