काठमाण्डौ ।सनराइज बैंक लिमिटेडले झापा जिल्लाको अर्जुनधारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको छ । 

बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं ९, गोलधापमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका मेयर हरि कुमार राना मगरको उपस्थिति रहेको थियो ।  

हालसम्म सनराइजबैंकले १३९ वटा शाखा, ५३ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।