काठमाण्डौ । कार्डमार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यका साथ सनराइज बैंकले कन्ट्याक्टलेस डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुआत गरेको छ । 

यो कार्डको प्रयोग गरी पोइन्ट अफ सेल (पीओएस) मा कारोबार गर्दा पिन राख्नु नपर्ने र कार्डलाई पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने छ । यस कार्डमार्फत हुने कारोबार छिटो, छरितो र सहज हुने बैंकको विश्वास छ । 

उक्त कार्डबाट ट्याप एन्ड पे गर्न ट्याप सुविधायुक्त पीओएसको आवश्यकता पर्दछ । बैंकले हालको पीओएसलाई स्तरोन्नति गरी ट्याप सुविधायुक्त पीओएस उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङमल आदि ठाउँहरुमा राख्ने कामको थालनीे गरिेसकेको छ । उक्त कार्ड ट्याप इनेबल्ड पीओएसमा ट्यापमार्फत र अन्य पीओएसमा स्वाप वा इन्सर्ट गरी चलाउनसमेत सकिने छ । 

अन्तर्राष्ट्रियस्तरको सुरक्षा व्यवस्था रहेको उक्त एनएफसी (नियर फिल्ड कम्युनिकेसन टेक्नोलोजी) कन्ट्याक्टलेस कार्डमार्फत हाललाई बिना पिन अधिकतम रु. २ हजासम्मको कारोबार गर्न सकिनेछ भने रु. २ हजारभन्दा बढीको कारोबार गर्दा पिन प्रयोग गर्नुपर्नेछ । 

यो कार्डको प्रयोगले कार्डबाहकलाई हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैंकले विश्वास लिएको छ ।