काठमाण्डौ । लाभांश अनुमोदन गर्दै सनराइज क्यापिटल लिमिटेडको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाण्डौको कमलपोखरीस्थित कम्पनीको कार्यालयमा भएको थियो।
सभाले आफ्नो सेयरधनीलाई आ.व. २०७६/७७ को मुनाफाबाट १५% नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ, म्युचियल फण्डलगायत लगानी व्यवस्थापनको कार्यसमेत सक्रिय रुपमा सञ्चालन गर्दै आइरहेको छ।
वाणिज्य बैंकको स्वामित्वमा रहेको सेयर सनराइज बैंकले खरिद गरेपश्चात हाल यो कम्पनी सनराइज बैंकको पूर्णसंस्थापकत्वको सहायक कम्पनीका रुपमा सञ्चालित रहेको छ।
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago