काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बिस्तार गर्दै आएको छ। 

सोही क्रममा बैंकले गत साउन ३२ गते प्रदेश २ को सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको थियो। 

यसैगरी गत भदौ १३ गते बैंकले प्रदेश १ को सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।

ती शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ। 

बैंकले सेवा सञ्चालनका लागि सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । यी शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बैंकले जनाएको छ। 

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८९ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ