काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सनराइज फोकस्ड इक्विटी फन्डले निष्कासन अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यो इक्विटी फन्डलाई इकाइहरु निष्कासनका लागि अनुमति दिएको हो। 

सेबोनको अनुमतिसँगै अब यस इक्विटी फन्डका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

यो इक्विटी फन्डको कोष प्रवर्द्धकमा सनराइज बैंक र योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको छ।