काठमाण्डौ । सनराइज बैंकले रसुवास्थित टिमुरेमा १२७ औं शाखा संचालनमा ल्याएको छ । 

आइतबार आयोजित उद्घाटन कार्यक्रममा भन्सार कार्यलयको प्रमुख पुन्यविक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो । सोही कार्यक्र्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावादोर्जे तामाङ्गले एटिएमको उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा बैंकका अन्यपदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। 

हालसम्म   सनराइज बैंकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटिएममार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थपशाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र  एटिएम हरm संचालन गर्ने योजना रहेको जनाएको छ ।