काठमाण्डौ । सनराइज बैंकले नुवाकोटस्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ । 

आज सोमबार आयोजित उद्घाटन कार्यक्रममा  केन्द्रीय सांसद  नारायण प्रसाद खतिवडा, बट्टार नगरपालिकाको मेयर  सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष  तारा बहादुर कार्कीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे । 

सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत  जनकशर्मा पौड्यालले एटिएमको उद्घाटन गरे । उतm कार्यक्रममा बैंकका अन्यपदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

सनराइज बैंकले १२८ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटिएममार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।