काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएकोमा हाल उक्त सुविधाको दायरालाई फराकिलो पार्दै ट्राभल र टुरिजम क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले  टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत सनराइजका  ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिकक्लासमा ७% सम्म र बिजनेस क्लासमा १०% सम्मको छुट पाउने व्यवस्था गरिएको छ । साथै उक्त सम्भैmताअनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमा जादा थप १० के.जीसम्म सामान लैजान पाउने व्यवस्था गरिएको छ । यस छुटका लागि ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको काठमाडौंस्थित नारायणहिटी पथमा रहेको कार्यालयमा आफ्नो परिचयस्वरुप बैंकको कार्ड देखाई टिकट खरिद गर्नु पर्नेछ । 

सनराइजका बैंकको प्रधान कार्यालय, गैरीधारामा मंगलबार भएको एक कार्यक्रममा र्टिर्कस एयरलाइन्सको तर्पmबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिचीर सन््राइज बैंककातर्पmबाट बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।