काठमाण्डौ । सनराइज  बैंकले ग्राहकहरुको सहजतालाई ध्यानमा राख्दै विभिन्न अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायकजस्तै भिसा र युनियन पे ब्राण्डहरुसँंग सहकार्य गर्दै आएको छ । त्यसै क्रममा बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ ।

बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु जारी गर्दै आफ्ना एटिएम र पोइन्ट अफ सेलमार्फत भिसा कार्डहरु स्वीकार गर्दै आएको छ । सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्यका साथ बैकले आफ्नो एटिएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यससँगैे स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्डमार्फत रकम निकाल्न झनै सहज हुने भएको छ । 

नेपाल भ्रमण गर्ने अधिकांस यूरोपेली पर्यटकहरुले मास्टरकार्ड प्रयोग गर्ने गरेको तर उक्तब्राण्डका कार्ड स्वीकारगर्ने ए.टि.एमहरु नेपालमान्यून रहेका छन् । सनराइज  बैंकको यस सेवाले पर्यटकहरुलाई एटिएम मार्फत रकम निकाल्न सहज हुने विश्वास लिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा नै बैंकले सुरु गरेको यो सेवाबाट समग्र पर्यटन क्षेत्र लाभान्वित हुने आशा बैंकले लिएको बताएको छ । 

अत्याधुनिक पेमेन्ट सिस्टमसहित नवीनतम् सेवा दिने उद्देश्यका साथ बैंकले निकट भविष्यमा मास्टरकार्ड ब्राण्डका कार्ड जारी गर्ने तथा पोइन्ट अफ सेलमार्फत समेत मास्टरकार्ड स्वीकार गर्नको लागि आवश्यक पहल गरिसकेको छ । 


सनराइज बैंकले १२८ वटा शाखा, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटिएममार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।