काठमाण्डौ । सनराइज बैंक लिमिटेडले नवलपुरको मदनपुरमा ४१ औं र पिथौलीमा ४२ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
 
बफर जोन युुजर कमिटीका अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक  दर्शन राज अमात्यले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
 
सोही दिन कावासोती नगरपालिका अध्यक्ष खेम प्रसाद काफ्ले, शान्ति निकुन्ज उच्चमाध्यमिक बिद्यालयको प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रmपमा पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन  गरे । उतm कार्यक्रममा बैंकका प्रदेश ४ का प्रमुख  रबिन्द्र के.सीले बैंकले कृषि क्षेत्र तथा महिला उद्यमीलाई सधैं प्रोत्साहन गर्न पहल गर्दै आएको र आगामी दिनहरुमा पनि यस बैंकमार्पmत उतm   कार्यहरु निश्चित रुपमा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरे । 
 
हालसम्म  सन्राइज बैंकले १२८ वटाशाखा ,४२ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटिएममार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।