काठमाण्डौ । बढ्दो मुद्रास्फीति र त्यस नियन्त्रण गर्न चालिएका कदमहरुले ठूला अर्थतन्त्रहरुमा मन्दी आउन सक्ने अनुमान गरिएको छ। यही बेला रुस–युक्रेन युद्धको मारमा विश्व अर्थतन्त्र परेको छ।

विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको सेयर बजार पनि पछिल्लोपटक सन् २००८ यताकै खराब अवस्थामा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। रुस–युक्रेन युद्धसँगै बढ्दो इन्धनको मूल्यले निम्ताएको मुद्रास्फ्रीति र बढ्यो ब्याजदरको मारमा अमेरिकी सेयर बजार परेको हो। 

सीएनएनका अनुसार अमेरिकी सेयर बजारमा जीम्मी कार्टरको समयपछिकै खराब अवस्था जो वाइडनको समयमा आएको छ। यो वर्ष युद्ध र मुद्रास्फ्रीतिका कारण एस एन्ड पी ५०० हाल २० प्रतिशतले गिरावट आएको छ। यो भनेको २००८ यताकै सबैभन्दा उच्च गिरावट हो।

यसअघि कोभिड महामारीको प्रभावका कारण सप्लाई चेनमा परेको प्रभावले धेरै अमेरिकी लगानीकर्ताहरु सेयर बजारमा आएका थिए। जानकारहरुका अनुसार बाइडेनको आर्थिक प्याकेजका कारण पनि धेरै अमेरिकी सेयर बजारमा समाबेश भएका थिए। जो अहिले प्रभावित भएका छन्। –एजेन्सी