काठमाण्डौ । विश्व बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ। 

विश्व बैंकले बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। चालु आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारले भने ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ।

विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ हुने अनुमान गरेको छ। नेपाल सरकारले भने आर्थिक वर्ष २०७६/७७ मा भने नेपाल सरकारले भने २.२७ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको थियो। यद्यपि नेपालको आर्थिक वृद्धिदर कति रह्यो भन्ने विवरण सार्वजनिक भइसकेको छैन। 

कोरोना महामारी र नियन्त्रणका लागि अपनाइएका उपायका कारण दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र सूक्ष्म मन्दीको अवस्थामा रहेको विश्व बैंकले जनाएको छ । जुन यो क्षेत्रमा अहिलेसम्मकै गहिरो संकट रहेको र यसले अनौपचारिक क्षेत्रमा बढी मार पर्ने विश्व बैंकको ठहर छ। 

कोरोना महामारीको असर दक्षिण एसियाली क्षेत्रको आर्थिक क्रियाकलाप र पर्यटन क्षेत्र सबैभन्दा बढी परेको विश्व बैंकले जनाएको छ। जसले गर्दा यस क्षेत्रका मानिस चरम गरिबीमा फस्ने अनुमान गरिएको छ।