काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज धनगढीमा मृत्यु दाबी भुक्तानी गरेको छ।

धनगढीमा आयोजित एक कार्यक्रमबीच स्व. हीरालाल डगौराकी पत्नी रेवती डगौरालाई मृत्यु दाबी भुक्तानी गरेको हो। जसअनुसार किरिया खर्च, बीमांक रकम, अन्य आय–नोक्सानी, शव ढुवानी खर्च गरी १४ लाख रुपैयाँको चेक कम्पनीका सुदूरपश्चिम प्रमुख लक्ष्मीकान्त जैसीले रेवती डगौरीलाई हस्तान्तरण गरेका छन्। 

हीरालालको गत कात्तिक ३० गते कतारमा मृत्यु भएको थियो। उनले वैदेशिक रोजागार म्यादी जीवन बीमा गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीय र अभिकर्ताको उपस्थिति थियो।