काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो साउन २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित कम्पनीको कर्पोरेट कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो २ बजेबाट सुरु हुनेछ।

सभाले आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन गर्नेछ। 

यसैगरी सोही सभाले सञ्चालकको नियुक्ति पनि अनुमोदन गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु अनुमोदन गर्नेछ।